रैराङ हाइड्रोपावरको १२.६०% लाभांश प्रस्ताव, एजिएममा रिडीसँग विलय हुने एजेण्डा

0
Shares

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RRHP) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको असोज २४ गते आइतबार बसेको सञ्चालक समितीको निर्णय अनुसार आव २०७७/७८ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आइतबारको बैठकले लाभांश सहितका अन्य प्रस्ताव पारित गर्न कार्तिक १७ गते बुधबार १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । हाइड्रोपावरको केन्द्रीय कार्यालय थापाथलीबाट बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा सञ्चालन हुने जनाइएको छ ।

साथै विगतका साधारण सभाहरुबाट निर्णय गरे अनुरुप यस हाइड्रोपावरलाई रिडी हाइड्रोपावरसँग विलिन हुने लगायतका प्रस्तावहरु पारित गरिने एजेण्डा छ । सभामा सभामा आव २०७८÷७९ का लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित हुनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि हाइड्रोपावरले कार्तिक ४ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात कार्तिक ३ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र नगद लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  १३ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।