इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस शेयर बढ्यो

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को लाभांश संसोधन भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

संसोधित लाभांश अनुसार अब लगानीकर्ताले यसअघि प्रस्ताव गरिएभन्दा १.३७ प्रतिशत बोनस लाभांश बढेको छ भने नगद लाभांश सोही अनुुपातमा घटेको छ ।

बैंकको कार्तिक २ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशनपछि १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ता गरेको छ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

बैंकले यसअघि ११.२४ प्रतिशत बोनस र ४.७६ प्रतिशत नगद लाभांश सहित कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।