
नेपाली बजारमा बुधबार सुनचाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ तोलाको १०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँले बढेको हो ।
महासंघले बुधबारका लागि छापावाला सुनको भाउ ९१ हजार ४०० रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।
यसैगरी चाँदीको मूल्य पनि बुधबार प्रतितोला १ हजार २३५ रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन सोमबार छापावाला सुन ९१ हजार ३०० रुपेयाँ, तेजावी सुन ९० हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २२५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया