पूँजीबजारबारे कति जानकार छन् लगानीकर्ताहरु ?

0
Shares

पछिल्लो समयमा शेयर बजारमा लगानीकर्ताहरुको प्रवेश धेरै नै बढेको छ । शेयर बजारको प्राथमिक बजार (आईपीओ) मा लगानी गर्ने लगानीकर्ताहरु २४ लाख भन्दा बढि भइसकेका छन् ।

कुनै पनि कम्पनीको प्राथमिक शेयर निष्काशन भएपछि पछिल्लो समयमा आईपीओमा आवेदन दिनेहरु बढिरहेका छन् । शेयर बजारमा लगानी गर्नको लागि ४५ लाख ३९ हजारको हाराहारीमा डिम्याट खाता खोलीसकेकको छ । त्यसो त डिम्याट खाता खोल्नेहरु ४५ लाख नाघिसकेको भएपनि आईपीओमा आवेदन दिनेहरु भने २५ लाखको हाराहारीमा मात्र देखिन्छ भने शेयर बजारको दोश्रो बजारमा सक्रिय लगानिकर्ताहरु पनि दिनहुँ बढिरहेका रहेको सरोकारवालाहरु बताउँछन् ।

त्यसो त आईपीओको लगानीकर्ताहरुको गन्तब्य भनेको पनि दोश्रो बजार नै हो आईपीओमा परेको शेयर बेच्नको लागि दोश्रो बजारमा छिर्नेपर्ने नै हुन्छ । तर पनि प्राथमिक बजारका लगानीकर्ताहरु भन्दा दोश्रो बजारका लगानिकर्ताहरु भने कम नै रहेका छन् भन्दा पनि फरक नपर्ला । त्यसो त ४४ लाख भन्दा बढि लगानिकर्ताहरु भएको बताए पनि कतिपय एकजना लगानीकर्ताहरुको २ वटा डिम्याट खाता रहेको पनि सरोकारवालाहरु र स्वयं लगानिकर्ताहरु नै बताउँछन् । त्यसो त कतिपयको डिम्याट खाताहरु निष्कृय पनि भइसकेको होला ।

४५ लाख भन्दा बढि लगानिकर्ता भएको शेयर बजारमा लगानीकर्ताहरु शेयर बजारको बारेमा कतिको जानकार छन त । त्यसो त पछिल्लो समयमा नक्कली डिम्याट खाताहरु प्नि प्रशस्त रहेको पनि चर्चाहरु छन् । कतिपयको भनाईमा एकजनाले सयौंको नागरिकता जम्मा गरेर पहुँच र चिनेजानेको आधारमा खाताहरु खोलेर आईपीओ शेयर भर्नै गरेको पनि चर्चा छ । यसले पनि डिम्याट खाताको संख्या बढेको भनेर पनि भन्नेहरु नभएको होइनन । त्यसो त कतिपय जानकारहरुको भनाईमा बच्चा जन्मेको २ महिना नहुँदै खाताहरु खोलेर नाबालकको नाममा आईपीओ शेयर भर्ने गरेको पनि पाइन्छन् । त्यसो त आईपीओ शेयर भर्न कै लागि नागरिकता अनिवार्य भएकोले नाबालकको नाममा आईपीओ भर्न पाउन नियम न्यायोचित नभर्एको बताउँछन् । यसमा पुनरावलोकन हुनपर्ने पनि कतिपयको भनाइ रहेको छ ।

त्यसो त आईपीओमा आवेदन दिने बढेसँगै तल देखि माथिसम्म यसमा विकृति बढेको छ भनेर पनि भन्ने गरेका छन् भने आईपीओको आवेदन रद्द हुनेको संख्या पनि बढिरहेको देखिन्छ । त्यसो त कतिपयले १० कित्ते नीतिले विकृति ल्याएको भनेर पनि भन्ने गरेका छन् । यसलाई हटाउनुपर्छ भनेर कतिपय शेयरबजारका ठूलाबडा शेयरका खेलाडी जसलाई शेयर बजारका माफिया भनेर पनि कतिपयले भन्ने गरेकाहरु पनि लागि परेको छन् भन्दा पनि फरक नपर्ला ।

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार विकास फोरम नै १० कित्ते नीति हटाउन लगि परेको देखिन्छ यसले नेपाल धितोपत्र बोर्डलाई १० कित्ते नीति हटाउनको लागि ज्ञापनपत्र पनि दिइसकेका छन् । त्यसो त पछिल्लो सेबोनको गतिविधिलाइ हेर्दा सेबोन पनि ठूलाबडा लगानिकर्ताहरुको ब्रोकर कम्पनीहरको दवाबमा वा आर्थिक लाभमा परेको जस्तो पनि देखिन्छ । अधिकांश लगानीकर्ताहरुको भनाई १० कित्ते नीतिलाइ हटाउन नहुने रहेको छ । यदि १० कित्ते नीति हटाएमा सेबोन पनि शेयरबजारका माफियाहरुको चंगुलमा रहेको बुझ्नुपर्ने लगानीकर्ताहरको भनाइ रहेको छ ।

पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरु बढेकोलाई लिएर विभिन्न टिकाटिप्पण्ीाहरु भइरहेका छन् । कतिपयले एकजनाले धेरै लगानिकर्ताहरुको नागरिकता बटुलेर खाताहरु खोल्ने गरेको चर्चाहरु बजारमा चल्ने गरेका छन् । यसले शेयर बजारमा विकृति ल्याएको उनीहरुको बुझाई छ । त्यसो त पछिल्लो समयमा परिवारका सबैजसो सदस्यहरुको आईपीओमा आवेदन पर्ने गरेको छ । जन्मेको २ महिनाको नाबालक देखि जेष्ठ नागरिकहरुको आवेदन दिने गरेको देखिन्छ यसकारणले पनि आईपीओेमा आवेदन दिनेको चाप बढेको भन्ने चर्चा पनि छ । यसकारणले पनि शेयर बजारको प्राथमिक बजारका लगानीकर्ताहरु जानकार भएर भन्दा पनि अरुको लहलहैमा तथा अरुको देखासिखी गरेर र एकजना शेयर बजार सम्बन्धि जानकारले आफ्ना परिवारका सबै सदस्यहरुको शेयर भर्ने गरेका छन् ।

कतिपय जेष्ठ नागरिकहरु त आफ्नो नाम मात्र लेख्न सिकेर बैंकमा खाता खोल्नको लागि आउने गरेको तथा २ महिनाकोे नाबालकहरुको खाता खोल्न बैंक आउने गरेको बैंकरहरु बताउँछन् । अब यसलाई विकृति भन्ने वा के भन्ने । पछिल्लो समयमा प्राथमिक बजारमा यस्तै जमात बढिरहेको देखिन्छ । पछिल्लो समयमा ४४ लाख भन्दा बढिले डिम्याट खाता खोलीसकेको भएपनि शेयर बजार सम्बधि जानकारहरु कति प्रतिशत छन् होला अनुमान गर्न गा¥हो छैन । शेयरबजार सम्बन्धि जानकारी खाख्ने एक जना लगानीकर्ताले आफ्नो सबैजसो परिवारको शेयर कारोबार गर्नेहरु थुप्रै रहेको सरोकारवालाहरु बताउँछन् । त्यसो त कतिपयले प्राथमिक बजारमा मात्र लगानी गरेर पनि केहि आर्थिक लाभ लिने गरेका छन् यसलाइ सकारातमक रुपमा लिनुपर्ने हुन्छ । यसले शेयर बजारको दायरालाई बढाएको छ, फराकिलो बनाएको छ भन्दा पनि फरक नपर्ला । शेयर बजारमा लगानिकर्ताहरुको बढ्दो प्रवेशले शेयर बजारको अझ विकास र विस्तार हुने देखिन्छ ।

पछिल्लो समयमा प्राथमिक बजारमा शेयर खरिदको लागि आवेदन दिने थुप्रै आवेदकहरुले लगानीकताहरुले शेयर पाउन सकिरहेका छैनन् । कम्पनीले माग गरे भन्दा धेरै गुणा बढिले आवेदन पर्ने भएको कारणले र जारी गरेको शेयरको संख्या कम हुने कारणले आवेदन दिने धेरै जसोले शेयर हात पार्न सकिरहेका छैनन् । कतिपय शेयरबजार सम्बन्धि जानकारहरु र सरोकारवालाहरुले अब आईपीओ शेयर प्रतिकित्ता अंकित मूल्य ५० गरि धेरै कित्ता शेयरहरु जारी गर्नुपर्ने हो कि भन्ने धारणा राख्न थालेका छन् । यसले बढि भन्दा बढि आवेदकहरुले शेयर पाउनसक्ने हुन्छ भन्ने पनि भनाइ रहेको छ । यसले धेरै जसो साना लगानिकर्ताहरुको पहुँच शेयर बजारको दोश्रो बजारमा पुग्ने जानकारहरु बताउँछन् ।

यसो गरिए शेयर बजारको दायरालाई अझ फराकिलो बनाउँछ । विगतमा १० रुपैयाँ प्रतिकित्तामा पनि शेयर जारी गर्ने प्रकृया त थियो । यसले धेरै भन्दा धेरै साना लगानीकर्ताहरुको पहुँच पनि शेयरबजारमा पुगोस् । त्यसो त धेरैजसो लगानीकर्ताहरु प्राथमिक बजारमा मात्र सीमित भइरहेको पनि देखिन्छ शेयर बजारको दोश्रो बजारमा साना लगानिकर्ताहरुको सकृय पहुँच त्यति पुग्न सकिरहेको छैन भन्दा पनि फरक नपर्ला ।

शेयर बजारको दोश्रो बजार धेरै जसो ठूला लगानिकर्ताहरुको बीच नै घुमिरहेको देख्न सकिन्छ । यसकारणले पनि ठूला लगानीकर्ताहरुले शेयर बजारलाई आफ्नो अनुकल पार्न विभिन्न प्रचार प्रसार गर्ने गरेका पुराना लगानीकर्ताहरु बताउँछन् । धेरै जसो ठूलाबडा लगानीकर्ताहरुको आर्थिक अनलाइन पत्रिकामा आवद्ध रहेको पनि देखिन्छ । कतिपय लगानिकर्ताहरु र लगानीकर्ताहरुको नेता भनिनेहरुले त आर्थिक अनलाइन पत्रिका समेत सञ्चालन गरिरहेको बताउँछन् भने कतिपय शेयरबजारका बिश्लेषक भनिनेहरुलाई पनि आफ्नो अनुकल विश्लेषण गर्न लगाइन्छ भन्ने पनि चर्चाहरु नभएका होइनन । तर पनि शेयरबजारमा प्रवेश गर्ने लगानीकर्ताहरुले शेयर बजार सम्बन्धि आधारभुत ज्ञान र जानकारी लिनुपर्ने देखिन्छ र शेयर बजारका लगानीकर्ताहरु सजग सचेत जानकार हुनुपर्ने देखिन्छ ।

-लेखक श्रेष्ठ शेयर लगानीकर्ता हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।