सुनको भाउ तोलाको ९१ हजार ७०० पुग्यो, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि

0
Shares

बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापवाला सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९१ हजार ४०० रुपैयाँ, तेजावी सुन ९० हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।