मेगा बैंक (MEGA) ले शेयरधनीलाई बैंकले विगतका वर्षहरुमा वितरण गरेको पुरानो लाभांश संकलन गर्न सूचना जारी गरेको छ ।
बैंकले साबिकका गण्डकी विकास बैंक, टुरिजम डेभलपमेण्ट बैंक, पश्चिमाञ्चल डेभलपमेण्ट बैंकको विभिन्न साधारण सभाबाट पारित नगद लाभांश संकलन गर्न भनेको हो ।
बैंकका अनुसार हालसम्म केही शेयरधनीले आफुले पाउने लाभांश बुझिनलिएको तथा दाबी समेत नपरेको भन्दै लाभांश संकलन गर्न भनेको हो ।
लाभांश संकलन गर्न बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
पैतिँस दिनसम्म पनि लाभांश रकम संकलन नगर्ने शेयरधनीको नगद लाभांश कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ । लाभांश वितरण भएको पाँच वर्षसम्म लाभांश भुक्तानी हुन नसके लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया