शिवम् सिमेन्ट्सको नगद सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

शिवम् सिमेन्ट्स (SHIVM) ले गत आर्थिक २०७७/७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कात्तिक १६ गते मंगलबार आह्वान गरेको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गते सोमबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने मिति तोकेको छ ।

पारित गर्न शिवम सिमेन्ट्सले कात्तिक १६ गते मंगलबार, होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यसैगरी, कम्पनीको चुक्ता पूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाको विशेष प्रस्तावमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार  ०९ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।