
कात्तिक १२ गते देखि १४ औं गोदावरी पुष्प प्रदर्शनीको आयोजना हुने भएको छ । गोदावरी फूलको विकास विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोशिएशन नेपालले उक्त मेला आयोजना गर्ने भएको हो ।
शुक्रबारदेखि चार दिन आयोजना हुने प्रदर्शनी तिहार तथा छठलाई समेत लक्षित गरी प्रदर्शनी गर्न लागिएको आयोजकको भनाइ छ ।
१४ औं गोदावरी फूलको प्रदर्शनीले समय अनुकूल फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउने उदेश्य फ्लोरिकल्चर एशोशिएशन नेपालले राखेको छ ।
ललितपुरको जावलाखेल खेल मैदानमा कार्तिक १२ गते देखि १५ गतेसम्म आयोजना हुनेछ ।
मेलामा माला बिक्री वितरण हुनुका साथै गोदावरी फूलका नयाँ प्रजातिको समेत प्रदर्शनी हुनेछ। जसमा सयपत्री मखमली आदि छन् । विसं २०११ सालबाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले हालसम्म आईपुग्दा करिब एक हजारले पुष्प व्यवसाय गरिरहेका र ४० बढी जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ।
विसं २०५३ सालदेखि सुरु गरिएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला हालसम्म वार्षिक रूपमा निरन्तर सञ्चालन भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया