लुम्बिनी विकास बैंक (LBBL) को लाभांश घोषणा भएको छ ।
बैक सञ्चालक समितिको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको दश प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७।७८ को लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख रुपैयाँ रहेको छ । बानस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १९ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७६/७७ बाट बैंकले ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया