साधना लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँले बढ्यो

0
Shares

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) को वार्षिक प्रतिशेयर आम्दानी १९.१४ रुपैयाँले बढेको छ ।

गत आवको पहिलो त्रैमासमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३१.०८ रुपैयाँ रहेकोमा चालु आवको यसै अवधिमा ५१.२२ रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले गत आवको यसै अवधिको तुलनामा ८८.३९ प्रतिशतले नाफा वृद्धि गरेपछि लघुवित्तको इपिएसमा पनि उच्च बढोत्तरी आएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १३० प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५८९ प्रतिशत बढेर ४ करोड ९३ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको चुक्ता पूँजी २५ करोड ८९ लाख ८० हजार रहेको छ भने जगेडा कोषमा १६ करोड २१ लख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा पूँजी १८ र जगेडा कोष १०७ प्रतिशत बढेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तले ९३ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सापटी गरी ३ अर्ब ८५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको निक्षेप ७१.३३ प्रतिशत, सापटी ४८.५८ प्रतिशत र कर्जा लगानी ६९.९५ प्रतिशत बढेको हो ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १६३.१० रुपैयाँ, कोषको लागत ६.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात ३५.८५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।