सुनको मूल्य बढेर तोलाको ९२ हजार ४०० पुग्यो, चाँदीको स्थीर

0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहिबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।