मन्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर बिहीबार देखि लिलामीमा बिक्री खुला भएको छ । फाइनान्सले ९२ हजार १६६ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
फाइनान्सका संस्थापक शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्य वा तोकिएको मूल्यलाई आधार मानेर सोभन्दा बढी प्रतिस्पर्धात्मक रुपमा मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।
कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
बोलपत्र कात्तिक २२ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया