कोभिड संक्रमणका कारण बन्द भएर ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली तीन दिनमा नै फेरि बन्द भएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार अनलाइन आवेदन प्रणालीमा केही प्रावधिक समस्या आएकाले मर्मतका लागि बन्द गरिएको हो ।
कोभिड संक्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले निषेधाज्ञा जारी गरेका कारण आवेदन लिने कार्य बन्द गरिएको थियो । ६ महिनापछि सोमबारबाट अनलाइन प्रणाली खुला गरिएको थियो तर तीन दिनपछि नै प्राविधिक समस्या आएपछि पुनः आवेदन बन्द भएको हो ।
यसअघि आवेदन दिएकाहरुलाई प्रयोगात्मक परीक्षा (ट्रायल) दसैंअघि नै सञ्चालनमा आएपनि अनलाइन आवेदन भने कार्तिक ८ गते सोमबार मात्र खुलाइएको थियो । ८ गते खुला भएपनि सवर्साधारणले भने कार्तिक ९ गतेदेखि मात्र आवेदन दिन पाएका थिए ।
प्रणालीमा मै समस्या आएपछि अनलाइन आवेदन पुनः अनिश्चित बनेको छ । लाइसेन्स आवेदन अनलाइन प्रणालीलाई दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा पटक पटक समस्या देखिँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया