सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको ४०० र चाँदी ५ रुपैयाँले घट्याे

0
Shares

सुनचाँदीकाे भाउ निर्धारण हुने साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी सुन ९१ हजार ९०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।