नेपाल बङ्गलादेश बैंकको लाभांश पाउन आइतबारसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) को लाभांश पाउन कात्तिक १४ गते (आज) आइतबारसम्म शेयर खरीद गरी शेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १५ गते शेयर दाखि खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

यस अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ता मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन योग्य ठहरिनेछन् ।

लाभांश पारित गर्न बैंकले मंसिर २ गते बिहीबार रजिष्टर्ड कार्यालय, कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।