
समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) को वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ बढेको छ ।
गत आवको पहिलो त्रैमासमा २८ पैसा रहेको लघुवित्तको इपिएस ३९.८६ रुपैयाँ पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा खुद नाफामा उच्च बढोत्तरी भएसँगै इपिएस पनि सोही अनुपातमा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकोमा ३ करोड ९० लाख रुपैयाँले बढेकाे हाे ।
आइतबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १७ करोड १ लाख सापटी तथा १ अर्ब ११ करोड ५ लाख निक्षेप संकलन गरेर ४ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्त कम्पनीको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड २० लाख ८१ हजार सञ्चित गरेको छ । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष १५५.५४ प्रतिशत, निक्षेप १२.०६ प्रतिशत, कर्जा ७६.३० प्रतिशत र सापटी ८९.७५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८ करोड ५८ लाख ८४ हजार र सञ्चालन नाफा ६ करोड २३ लाख ७४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८५.९६ प्रतिशत र सञ्चालन मुनाफा १४०४३ प्रतिशत बढेको हो । अघिल्लो आवको यसै अवधिमा २ करोड २२ लाख खुद ब्याज आम्दानी र ४ लाख ४१ हजार सञ्चालन मुनाफा थियो ।
चालू आवको पहिलो त्रैमाससम्ममा लघुवित्त कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.४७ रुपैयाँ, खराब कर्जा अनुपात २.५६ प्रतिशत, कोषको लागत ७.४६ प्रतिशशत र मूल्य आम्दानी अनुपात १४५.५० गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया