ज्योति विकास बैंकको ऋणपत्र सूचीकृत

0
Shares

ज्योति विकास बैंक लिमिटेड (JBBL) को ऋणपत्र आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार “९% ज्योति विकास बण्ड, २०८७” को १५ लाख इकाई ऋणपत्र सूचीकृत भएको हो ।

आइतबार नेप्से र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । यससँगै सोमबारदेखि बैंकको ऋणपत्र धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

ज्योति विकास बैंकले असार २० गते ३० गतेसम्म १० वर्ष अवधिको लागि “९ प्रतिशत ज्योति विकास बण्ड, २०८७” नामको ऋणपत्र बिक्री गरेको थियो ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।