ब्रोकर नम्बर ४० नेप्सेको कारवार्हीमा, सोध्यो स्पष्टिकरण

0
Shares

ब्रोकर नम्बर ४० क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेडलाई नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले कारवार्ही गर्दै स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

नेप्सेले ब्रोकर नम्बर ४० लाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

स्पष्टिकरण पत्रमा भनिएको छ, ‘असोज १० गतेको प. सं. ८६।०७७।७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेडको संस्थापक शेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस लिमिटेडबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा ७ कार्य दिन भित्र यस लिमिटेडको २०७८।६।२५ को पत्रा संख्या २०७८।७९ चनं ३४२ मार्फत जवाफ पेश गर्न धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम (११) (२) (३) बमोजिम निर्देशन दिईएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७ (२) अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन कार्य दिन भित्र पेश गनुहुन निर्देशानुसार अनुरोध छ ।’

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।