सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ

0
Shares

सुनचाँदीको मूल्यमा सोमबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।