नेपाल प्रहरीले भन्सार छली ३ लाख ३९ हजार बढीको औषधी ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिरहाको लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८४० रुपैयाँ बराबरको २२५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लहान नगरपालिका–१ बस्ने २२ वर्षीय शत्रुधन राम र बरियारपट्टि गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि फेला परेको हो ।
साथै औषधि ल्याउने किशोरलाई ४३ हजार रुपैयाँ र टेम्पु चालक शत्रुधनलाई ट्याम्पु सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया