आरएसडिसी लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले लाभांश पारित गर्न मंसिर १० गते साधारण सभा आह्वान गरेको छ । 

लघुवित्त कम्पनीले मंसिर १० गते एशियन होटल, कालिकानगर, बुटवलमा आठौं वार्षिक साधारण सभा बोलाएको हो ।

आठौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभाले आरएसडिसी लघुवित्त र अन्य उपयुक्त कुनै वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाको अन्य एजेण्डाहरुमा चुक्ता पूँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका छन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले कात्तिक ३० गते शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । यस अनुसार कात्तिक २९ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।