गुडविल फाइनान्सको नाफा ७ करोड माथि, प्रतिशेयर आम्दानी १८ रुपैयाँ बढ्यो

0
Shares

गुडविल फाइनान्स लिमिटेड (GFCL) ले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १४४ प्रतिशतले नाफा बढेको हो ।

चुक्ता पूँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी १८.२६ रुपैयाँ बढेर ३२.८४ रुपैयाँ पुगेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ २३६.४५ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा फाइनान्सको वितरण योग्य १२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा फाइनान्सले १० अर्ब २७ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ७१ करोड कर्जा परिचालन गरी १४ करोड ३० लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ९ करोड ८२ लाख ४६७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३० प्रतिशत, सञ्चालन मुनाफा १३८ प्रतिशतले बढेको हो । फाइनान्सको निक्षेप १.९७ प्रतिशत र कर्जा ४।५० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा फाइनान्सको जगेडा कोष ४.५४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।जसुमध्ये शेयरधनी कोषमा १२ करोड ९२ लाख सञ्चित छ ।

फाइनान्सको कोषको लागत ७.४४ प्रतिशत, खराब कर्जा अनुपात ३.४० प्रतिशत, आधारदर ९.३१ प्रतिशत र स्पेडदर ४.८४ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।