रैराङ हाइड्रोपावरको साधारण सभाको स्थान परिवर्तन

0
Shares

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारण सभा कार्तिक १७ गते बुधबार होटल ल्याण्डर्माक दरबारमार्ग काठमाडौंबाट जुमको सहायताबाट बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ ।

कम्पनीले यसअघि निर्धारण गरेको स्थानमा साधारण सभा गर्न नसकिने जनाएको हो । यसअघि कम्पनीले केन्द्रीय कार्यालय, थापाथलीबाटै अनलाईन माध्यमबाट सभा आह्वान गर्ने निर्णय गरेको थियो ।

सभाबाट रैराङ हाइड्रोपावरले १२.६० प्रतिशत नगद लाभांश अनुमोदन तथा रिडी हाइड्रोपावरसँग मर्जर प्रस्ताव पारित गर्दैछ । साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कार्तिक ४ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार कार्तिक ३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम लगानीकर्ताहरुले लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।