कालिका लघुवित्तको नाफा करिब ५ करोड

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले असोज मसान्तसम्ममा ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा ४१ लाख ८८ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

चुक्ता पूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि ६.६४ रुपैयाँ ऋणात्मकबाट बढेर ६९.२० रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषमा १९ करोड ३४ लाख २ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब २५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५४ करोड रुपैयाँ सापटी परिचालन गरी ३ अर्ब ३८ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ७ करोड ६३ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड ५९ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ३०.७८ प्रतिशत, सापटी २५.६० प्रतिशत, निक्षेप १८.०९ प्रतिशत, कर्जा ३९.८६ प्रतिशत, खुद ब्याज आम्दानी २०.१९ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा १ करोड १४ लाख ऋणात्मकबाट २ करोड ५९ लाख धनात्मक भएको छ ।

खुद ब्याज आम्दानी वृद्धि र खराब कर्जा असुलीबाट लघुवित्तको नाफामा आकर्षक सुधार आएको हो ।

लघुवित्तको खराब कर्जा अनुपात घटेर ४.३२ प्रतिशतमा झर्दा अझैपनि उच्च छ । यस्तै प्रतिशेयर नेटवर्थ १६९.६८ रुपैयाँ, कोषको लागत ६.७८ प्रतिशत र मूल्य आम्दानी अनुपात १७.५० गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  १० : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।