आरम्भ चौतारी लघुवित्तले कार्तिक ३० गतेदेखि एकिकृत कारोबार थाल्ने

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले यहि कार्तिक ३० गते देउराली लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थाल्ने भएको छ ।

केन्द्रीय बैंकले देउराली लघुवित्तलाई १ः०.८४ शयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई कात्तिक १ गते अन्तिम स्वीकृति दिएको थियो । गाभिन लागेको देउराली लघुवित्तको चुक्ता पूँजी दुई करोड ४० लाख रुपैयाँ छ ।

लघुवित्त कम्पनीले प्राप्ति पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकिकृत कारोबार थाल्न लागेको हो । संस्थाको रजिष्ट्रार कार्यालय वागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला स्थित बनेपा नगरपालिका वडा नं. १० मा रहनेछ ।

‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले कार्तिक १ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले पनि कार्तिक १४ गते स्वीकृती प्रदान गरेसँगै एकिकृत कारोबारको मिति तय भएको हो ।

गत चैत्र ३१ गते सम्पन्न भएको दुवै कम्पनीको साधारण सभाले गाभ्ने/गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेका थिए । दुई संस्थाबीच २०७७ चैत ९ गते एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।