
अर्थमन्त्री जनार्दन शर्मालले पूर्वी पहाडी क्षेत्रको सङ्खुवासभामा मात्रै अथाह स्रोत–साधन रहेको भन्दै यसको उपयोग गरे संखुवासभामा कायापलट हुने धारणा व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार संखुवासभा पुगेका मन्त्री शर्माले सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै आयोजित कार्य उक्त धारणा राखेका हुन् ।
“हामी नेपालीहरू गरिब छैनौं, हामीसँग अथाह स्रोत–साधान छ । यही जिल्लामा जलविद्युतको थुप्रै सम्भावना छ । सरकारले एक हजार मेगावाटभन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीहरूलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ”, मन्त्री शर्माले भने ।
सङ्खुवासभामा किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत् परियोजना लगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पु¥याउने मन्त्री शर्माको भनाइ थियो ।
मंगलबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने विश्वास व्यक्त गरे । गठबन्धन सरकार निरन्तर चल्नेमा कुनै शंका नरहेको उनको भनाई छ ।
उनले भने ‘गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकोले सरकार ढल्ने कुरा निराधार हो ।’ अहिलको सरकार जनताबाटै निर्वाचित प्रतिनिधिहरुको सरकार भएकोले पूर्ण कार्यकालसम्म रहने बताए । प्रतिगनकारी शक्तिलाई परास्त गरेर अहिलेको सरकार आएको हुनाले पनि पूर्ण कार्यकाल चल्ने उनको दाबी छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया