सामालिङ्ग पावर कम्पनीले बुधबार बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरेको छ ।
सामलिङ्ग पावर कम्पनीले शेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कामहरु ग्र्न एसबिआई क्यापिटलललाई जिम्मेवारी दिएको हो ।
आजबाट शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कारोबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, हात्तिसार काठमाण्डौबाट हुने पनि कम्पनीले जनाएको छ ।
सामलिङ्ग पावरले मंगलबार मात्र आईपीओ बाँडफाँड गरेको थियो । बाँडफाँडमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । अब कम्पनीले उक्त शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकृत गरेपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री सुरु हुनेछ ।
कम्पनीले कार्तिक ४ गतेदेखि कुल ७ लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुला गरेको हो । कुल निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । यसरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया