
अलिबाबा समूहको दराज अनलाइन शपीङले कार्तिक २५ गते हुने दराज सेल ११.११ मा वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल– ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर र अन्य धेरै अफर दिने भएको छ ।
काठमाडौं मेरियट होटलमा मंगलबार पत्रकार सम्मेलन गरि उक्त दिन नोभेम्बर ११ ( कार्तिक २५) को दिन सुरु भइ २४ घण्टामा समापन हुनेछ । सो दिन दराज एपमा मार्फत नेपालमै पहिलो पटक ईकमर्समा अनलाईन प्रविधि मार्फत भुक्तानी गरी सामान खरीद गर्न सक्नेछन् ।
दराज प्रयोगकर्ताहरुलाई भव्य सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, माल्भिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कार्तिक २४ (नोभेम्बर १०) मा दराज एप मा ११.११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।
कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरशिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए । कार्यक्रममा मुख्य वक्ताहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो ११.११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए ।
“विश्वको सबैभन्दा ठूलो एकदिवसीय अभियान सेल ११.११ फेरी सुरु हुन जाँदै छ। तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२ हजार बिक्रेताहरूले गत वर्षदेखिनै यसको लागी धेरै मेहनत गर्दै आएका छन्। देशको लागी एक कठिन वर्ष पछि, नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकै नै खुसी छौं । किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेकोनै ११.११ हो,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए ।
यसबाहेक ११ ११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको मुख्य वक्ता चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल मार्फत बुझियो । सामसुङ्ग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेष छुट दिने जसमध्ये भारतका ४ ब्रान्डहरू वीरेस्टो, जानस्या, मीसा फेशन, र उस्त्राले सीधै भारतबाट डेलीभर गर्ने जानकारी दिए । सँगसँगै टिभीएस, कोका कोला र सन्सिल्क ११.११ का विशेष साझेदारहरू रहेका पनि रहेको पनि जानकारी दिइयो ।
दराजका पेमेन्ट र पार्टनरशिपको प्रमुख अरुण फुयाँलले कार्यक्रममा भने, “यो वर्षको मेगा गिभअवे सबैभन्दा भव्य हुनेछ । हामी हाम्रा विशेष साझेदार टिभीएससँग मिलि ११ भाग्यशाली ग्राहकहरूलाई टिभीएस रेइडर मोटरसाइकल प्रदान गर्दैछौं। हामी यसका लागी धेरै उत्साहित छौँ ।”
फुयाँलले ११.११ का लागी १५ साझेदार बैंकहरुले अनलाइन कार्ड पेमेन्टमा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम ३ हजार र क्रेडिट कार्डमा अधिकतम ३ हजार ५०० रहेको जनाए । साथै ई–सेवा र आईएमइ पे ले पनि विशेष छुट दिने र यति मात्र नभई, ग्राहकहरुले ४ साझेदार बैंकका क्रेडिटकार्ड मार्फत ० प्रतिशत ब्याजमा मासिक किस्ता योजना लिई चाहिएको समान खरीद गर्नसक्ने पनि जानकारी दिए ।
अभियानको उच्च तीव्रता र कम्पनीको तयारीलाई स्पर्श गर्दै प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले भनिन्, “ग्राहक अनुभवमा कुनैै कमी नहोस भनेर हामीले १ हजार ४०० भन्दा बढी नयाँ कर्मचारी सामेल गरेका छौं जसमध्ये कस्टमर केयर एजेन्टहरु र १ हजार नयाँ डेलिभरी एजेन्टहरू रहेका छन् । ११.११ भनेको वर्ष भरिको निरन्तर सुधार र सिकाइको परिणति हो, त्यसैले उच्च ग्राहक अनुभव प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनौँ ।”
चिनियाँ ई-कमर्स कम्पनी अलिबाबाकाे अधिग्रहण गरेसँगै दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा पहिलो पटक ११.११ सेलको आयोजना गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया