दुई हाइड्रोपावरले धितोपत्र बोर्डसँग मागे आईपीओ बिक्रीको अनुमति

0
Shares

दुई हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति मागेका छन् ।

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका हुन् ।

बोर्डका अनुसार श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले कार्तिक १० गते र मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक १४ सेबोनमा निवेदन पेश गरेको हो ।

बोर्डका अनुसार श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४७ करोड ७९ लाख रूपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता र मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ करोड ६४ लाख ११ हजार रूपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय १० कित्ता साधारण शेयर सार्वजनिक गर्न निष्कासन गर्न अनुमति माग गरेका हुन् ।

श्वेतगंगाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड र मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७८, बुधबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।