रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड बीच बुधबार दिनको ३ः३० बजे एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मर्जर तथा प्राप्ती सम्पन्न गर्नका लागि बुधबार भएको समझदारी बमोजिम दुबै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटी बन्ने भएको छ ।
रैराङ हाइड्रोपावर रिडीमा बिलय हुने भएकाले संयुक्त कारोबार सुरु नहुन्जेल सम्मको लागि रैराङ हाइड्रोपावरको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा रोक्का हुने भएको छ ।
कम्पनीले नेप्सेमा उठाएको पत्रमा दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेल सम्मको लागि प्रचलित कानुन बमोजिम अस्थाई रुपमा रैराङ हाइड्रोपावर कम्पनी को दोस्रो बजारमा हुने शेयर कारोबार रोक्का राखिदिन निवेदन पेश गरेको उल्लेख छ ।
हाल रिडीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र रैराङ हाइड्रोपावरको चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया