
सुनको मूल्य मंगलबार नेपाली बजारमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो । मंगलबार चाँदीको भाउ स्थिर रहेको छ ।
महासंघका अनुसार कार्तिक २३ गते मंगलबारका लागि छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै मंगलबार चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो सोमबार सुनको भाउ १ हजार ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ












प्रतिक्रिया