
नेपाल प्रहरीले स्रोत नखुलेकका २० लाख रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पर्सा, वीरगंज महानगरपालिका–८ घण्टाघरबाट उक्त नगदसहित बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई पक्राउ गरेको हो ।
घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया