प्रभु बैंकको शेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेड (PRVU) को शेयर कारोबार रोक्का गरेको छ । इन्साइडर ट्रेडिङको आशंका गर्दै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

बैंकले मंगलबार शेयर कारोबार चलिरहेकोे समय दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समिति वैठक बसी लाभांश वितरणको प्रस्ताव गरेको भन्दै नेप्सेले बिहीबार बैंकको शेयर कारोबार रोक्का गरेको हो । बुधबार छठ पर्वका कारण शेयर बजार बन्द रहेको थियो । 

नेप्सेले बैंकलाई कारोबार अवधिमा बैठक बस्नुबारे स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ ।  कारोबार समयमा बैंकको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेको हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन छ ।

बैंकको कार्तिक २३ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।