नेप्से सूचक २ हजार ७०० बिन्दुमुनी झर्यो, ५ अर्बको शेयर किनबेच

0
Shares

शेयर कारोबार मापक सूचक नेप्से २ हजार ७०० बिन्दुमुनी झरेको छ ।

कारोबारमा आएका सबै उपसमुहगत सूचक ओरालो लागेसँगै नेप्सेमा २.१७ प्रतिशत अर्थात ५९.५७ अंकको गिरावट देखिएको हो ।

सूचक घटेसँगै नेप्से २ हजार ६९० दशमलव २९ बिन्दुमा झरेको छ । ठूला कम्पनीके कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स १०.६३ अंकले घटेर ५०२.१९ अंकमा झरेको छ । पछिल्लो ३ दिनको कारोबारमा नेप्से १५८.५६ अंकले घटेको छ ।

यसदिन कूल २२५ वटा कम्पनीको ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव गहिरिँदै जादा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा समेत परेको छ । साथै अल्पकालिन लगानीकर्ताहरु प्रोफिट बुकिङ्गमा सक्रिय हुँदा शेयर बिक्रीमा चाप पर्दा बजारम गिरावट आएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिहँदा बजारमा चलखेल गर्नेहरुले अपुष्ट्र हल्लाहरु फैलाउँदा पनि लगानीकर्ता त्रैसित बन्न पुगेको देखिन्छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई दिएको ओभर ड्राफ्ट कर्जा नियन्त्रण गर्ने हल्लाको असर बजारमा परेको हो ।तरलता अभावका कारण शेयर कर्जा असहज बन्दै गएको अवस्थामा मंसिर महिनाबाट बचतको ब्याजदर बढ्ने तथा मुद्दती निक्षेपको ब्याज सााढे १० प्रतिशत पुग्ने चर्चाहरु चलेपछि बजारमा थप गिरावट आएको हो । शेयर बजार प्रोफिट बुकिङ्ग, तरलता र ब्याजदरको चेपुवामा परेपछि बजार यो साता उच्च अंकले घटेको हो ।

बिहीबार कारोबार भएका सबै उपसमुहगत सूचक ओरालो लागेकोमा फाइनान्स सूचक सर्वाधिक ४ प्रतिशत धेरैले घटेको छ भने विकास बैंक र लगानी ३ प्रतिशत तथा होटल, जलविद्युत, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमाको सूचक पनि २ प्रतिशत धेरैले ऋणात्मक बनेको छ ।

कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै ४७.४९ करोडको शेयर कारोबार भएको छ । नबिल ३१.०८ करोड तथा आइसिएफसि फाइनान्सको २९.२२ करोडको शेयर कारोबार भएको छ । अपि पावर, ज्योति विकास बैंक, अरुण काबेली अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी, नेशनल हाइड्रोपावर, र कामना सेवा विकास बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

यसदिन मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर शेयर कारोबार भएको छ । दश प्रतिशतले मूल्य बढेसँगै मानुषी लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ९२८.७० रुपैयाँ र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ३९९.५०रुपैयाँमा पुगेको छ । 

उता आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा नकाारत्मक सर्किट लागेर मूल्य घटेको छ । दश प्रतिशतले मूल्य घटेसँगै आईसिएफसि फाइनान्सको प्रतिकित्ता शेयरमूल्य ८६१.१० रुपैयाँ र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ७१४.५० रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १५ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।