.jpg)
नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि एक महिला सहित एघार जनाले आवेदन दिएका छन् ।
धितोपत्र बोर्डको अध्यक्षका लागि बोर्डका कार्यकारी निर्देशक, नेप्सेका पूर्व सीइओ, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकदेखि लगानीकर्ता सहित ११ जनाको आवेदन परेको हो । उम्मेदवारी परेका आवेदकमध्ये चार जनाले डाक्टर उपाधि हासिल गरेका छन् ।
धितोपत्र बोर्डको अध्यक्षका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेको पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, अनिल पौडेल, लगानीकर्ता डा. केशव प्रसाद श्रेष्ठ, गैह्र आवासीय नेपाली रमेश हमाल, धितोेपत्र बोर्डको पूर्व कर्मचारी जीवन अमगाई र प्रभु बैंकको पूर्व सञ्चालक श्रीमति अम्बिका शर्मा लामिछानेको आवेदन परेको हो ।
यस्ता छन् अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारको नामावली:-
१. बोर्डका कार्यकारी निर्देशक निरज गिरि
२. बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी
३. कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य
४. नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट
५. नेप्सेको पूर्व सीइओ सिताराम थपलिया
६. बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई
७. अनिल पौडेल
८. लगानीकर्ता डा. केशव प्रसाद श्रेष्ठ
९. गैह्र आवासीय नेपाली रमेश हमाल
१०. धितोपत्र बोर्डको पूर्व कर्मचारी डा. जीवन अम्गाई
११.प्रभु बैंकको पूर्व सञ्चालक अम्बिका शर्मा लामिछाने
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको थियो । धितोपत्र बोर्डको अध्यक्षका लागि नियुक्तिको लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको थियो ।
गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । समितिले अध्यक्ष नियुक्तिका लागि आवेदन दिएकामध्येबाट योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
बोर्डको अध्यक्षका लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको कार्यअनुभव भएको लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने ब्यबस्था ऐनमा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया