एचआइडिसिएल र इन्फिनिटीको शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको हो ।

एचआइडिसिएल कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । त्यसैगरी आज नेप्सेमा इन्फिनिटी लघुवित्तको पनि शेयर सूचीकत भएको छ ।

नेप्सेका अनुसार लघुवित्तको ६ लाख ३९ हजार ५३५.२२ कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई १ः०.९८ को अनुपातमा प्राप्ती गर्दा प्रतिकित्ता १०० कायम रहेका उक्त शेयर सूचीकृत भएको हो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गते शुक्रबारदेखि नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेको थियो ।

एचआइडिसिएलले साउन ५ गते देखि भदौ ८ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको थियो ।त्यस मध्ये ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको शेयरहरु लगानीकर्ताले डिम्याट खातामा आएपछि आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।