नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (
NADEP) ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९.३८ प्रतिशत कम खुद नाफा कमाएको छ ।
लघुवित्तले असोज मसान्तसम्ममा ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा लघुवित्तले ४ करोड ५६ लाख ३१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको लघुवित्तको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि ३५.७९ ले घटेर ९.३० रुपैयाँमा झरेको छ । लघुवित्तको जगेडा कोषमा ३७ करोड ९८ लाख १४ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५९ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ सापटी परिचालन गरी ४ अर्ब ५१ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १० करोड २८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ४० लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ३२ प्रतिशत, निक्षेप १४.७५ प्रतिशत, कर्जा ५.२७ प्रतिशत, बढेको छ । कम्पनीकाे खुद ब्याज आम्दानी २४.९० प्रतिशत र सञ्चालन मुनाफा ७९.७७ प्रतिशतले घटेको छ । एकातिर लघुवित्तको खुद ब्याज आक्दानी घटेको छ भने खराब कर्जा बढेर ३ करोड ७७ लाख नोक्सानी व्यवस्था गरेको छ । यस्तै खराब कर्जा असुली शुन्य हुँदा लघुवित्तको नाफामा उच्च गिरावट आएको हो ।
लघुवित्तको खराब कर्जा अनुपात बढेर ४.७७ प्रतिशतमा पुग्दा प्रतिशेयर नेटवर्थ १९३.८६ रुपैयाँ, कोषको लागत ६.५० प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया