प्रभु बैंकको शेयर कारोबार फुकवा

0
Shares

प्रभु बैंक (PRVU) को शेयर कारोबार फकुवा भएको छ ।

कारोबार समयमा नै सञ्चालक समितिको बैंठक गरेर लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि नेप्सेले बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले किन कारोबार समयमा लाभांश घोषणा गरेको भन्ने प्रश्नमा बैंकले आगामी दिनमा कारोवार समयमा सञ्चालक समितिको बैठक बसि लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेकोले कारोबार फुकुवा गरेको जनाएको छ ।

यस्तै नेप्सेले आगामी दिनमा यस्ता विषय प्रति धितोपत्र सुचीकरण विनियमावली २०७५,मा तोकिए बमोजिम गर्न निर्देशन दिँदै बन्द रहेको धितोपत्रको दोस्रो बजार कारोवार कार्तिक २६ को निर्णय अनुसार फकवा गरिएको जनाएको छ ।

बैंकको कार्तिक २५ गते दिउँसो १ः०० बजे देखि ३ः०० बजे सञ्चालक समितिको बैठक बसी चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बिहीबार नेप्सेले कारोबार समयमा नै सञ्चालक समितिको बैठकले गरेर लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि शेयर कारोबार रोक्का गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १४ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।