माउन्टेन इनर्जी नेपालको खुद नाफा ७८५ प्रतिशत बढ्यो

0
Shares

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) को खुद नाफा ७८५.८२ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माउन्टेन इनर्जी नेपालले २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ३ करोड ३१ लाख ३४ हजार नाफा कमाएको उक्त कम्पनीले नाफामा उच्च वृद्धि भएको हो ।

चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजाररुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४.९१ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १३५.७९ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ७० करोड ४२ लाख ९५ हजार रुपैयाँ सञ्चित गरेको छ । गत वर्ष यसै अवधिमा प्रतिशेयर आम्दानी २.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२१.१८ रुपैयाँ थियो ।

शुक्रबार सार्वजनिक चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्रीबाट ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये ५ मेगावाटको तादी खोला प्रोजेक्टबाट ५ करोड २२ लाख ४७ हजार रुपैयाँ र ४२ मेगावाटको मिस्ट्री खोला प्रोजेक्टबाट ३३ करोड ४९ लाख १० हजार रुपैयाँको विद्युत बिक्री भएको छ ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । २०७८ असार ३ गतेदेखि मिस्ट्री खोलाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएपछि विद्युत बिक्रीबाट आम्दानीसँगै चालु आवको यसै अवधिमा कम्पनीको खुद नाफामा पनि आकर्षक वृद्धि भएको हो ।

कम्पनीको सञ्चालन नाफा ३१ करोड ८३ लाख ७३ हजार रहेको छ । गत आवको यसै अवधिमा ४ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १५ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।