दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २९ लाख ३७ हजार खुद नाफा गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनी ५१ लाख ४१ हजार खुद नोक्सानीमा रहेकोमा नोक्सानी सुधार गर्दै २९ लाख ३७ हजार हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तुलनामा कम्पनीले विद्युत् बिक्रीबाट २१.७९ प्रतिशत बढी २ करोड ९७ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख छ भने जगेडा कोषमा २० करोड २४ लाख २९ हजारले ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ४.४४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३.३२ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात २७१.८० गुणा छ ।
यस अवधिमा कम्पनीले अल्पकालिन कर्जा ५ करोड ४४ लाख ६५ हजार र दिर्घकालिन कर्जा ६० करोड ४३ लाख ३२ हजारको उपयोग गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया