
नेपालको सुनचाँदी बजारमा शुक्रबार पहेँलो धातु सुनको मूल्य ४०० र चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज छापावाल सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो । चाँदी बिहीबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया