कोष व्यवस्थापन कम्पनीको शेयरधनीलाई यस्तो आग्रह

0
Shares

कोष व्यवस्थापन कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको हो ।

कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश पारित भएको थियो ।

सो लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश समेत शेयरधनीहरुको खाता नम्बर नभएका कारण वितरण गर्न नसकेकाले बैंक खाता विवरण कम्पनीको कार्यालयमा अद्यावधिक भएपछि मात्र नगद लाभांश रकम खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

कम्पनीमा अधिकांश शेयरको हिस्सा कृषि विकास बैंकको रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।