मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ प्रतिशत बढ्यो

0
Shares

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा ४७ लाख ११ हजार नाफा कमाएको छ ।  गत आवको पहिलो त्रैमासमा २७ लाख ८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा ७३ प्रतिशतले नाफा बढेको हो ।

शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा कम्पनीले ६ करोड ६६ लाख ९५ हजार सञ्चित गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १५.५५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५५.०५ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ११९ गुणा छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ३३ करोड ४८ लाख ७० हजार निक्षेप संकलन तथा ५८ करोड ७६ लाख ९५ हजार सापटी लिएर १ अर्ब १ करोड ९४ लाख कर्जा लगानी गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ४८ प्रतिशत वृद्धि भएर १ करोड ९४ लाख १० हजार पुगेको छ । यस अवधिमा खराब कर्जा नोक्सानी बढेर १ करोड ३५ लाख रुपैयाँ व्यवस्था गर्दा कम्पनीको सञ्चालन नाफा ५० लाख १२ हजारले ऋणात्मक भएपनि ६४ लाख ३८ हजार खराब कर्जा संकलन गर्न कम्पनी व्यवस्थापन सफल भएपछि लघुवित्त नाफामा गएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।