
इन्फिनीटी लघुवित्त वित्तीय संस्था (ILBS) ले चालू आवको पहिलो त्रैमासमा ४ करोड ७४ लाख ९६ हजार नाफा कमाएको छ । लघुवित्तले २ करोड ९ लाख २७ हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको पहिलो त्रैमासमा २ करोड १८ लाख ३ हजार नाफा कमाएको लघुवित्तको खराब कर्जा संकलनमा वृद्धि भएसँगै ११७ प्रतिशत नाफा वृद्धि भएको हो ।
चुक्ता पूँजी ३२ करोड ४६ लाख रहेको कम्पनीको जगेडा कोषमा २७ करोड ९ लाख ८० हजार सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ५८.५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८३.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.०१ गुणा छ ।
शुक्रबार सार्वजनिक वित्तीय विवरण अुनसार चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २३ करोड ७० लाख निक्षेप संकलन तथा २ अर्ब ८४ करोड २४ लाख सापटी लिएर ४ अर्ब २० करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
उक्त कम्पनीले चालू आवको पहिलो त्रैमासमा ८ करोड ५९ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ५ करोड ४४ लाख ६४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात बढेर ४.६५ प्रतिशत पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया