महालक्ष्मी विकास बैंक (MLBL) ले शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश संकलन गर्न शेयरधनीलाई अनुरोध गरेको छ ।
बैंकले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।
महालक्ष्मी विकास बैंकद्वारा ती कम्पनीका विभिन्न साधारण सभाबाट पारित पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको हो ।
पाँच वर्ष पूरा भएका नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकाले यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश सुरक्षित गर्न बैंकले सूचना मार्फत आग्रह गरेको हो ।
कम्पनीले आज अर्थात् कात्तिक २६ गते सूचना जारी गरी एक महीनाभित्र कम्पनीको रष्ट्रिार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क गर्न भनेको छ ।
समयमै लाभांश नबुझे उक्त लाभांश कम्पनी ऐन २०६३ दफा १८२ को अधिनमा रहि लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया