
नेपालको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य २०० र चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज छापावाल सुनको मूल्य २०० ले बढेर ९४ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला पनि २००ले नै बढेर ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन ९४ हजार ४०० रुपैयाँ तथा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार पहेँलो धातु सुन तोलामा ४०० र चाँदी १५ रुपैयाँले बढेको थियो ।
यसअघि कार्तिक २३ गते तोलामा २०० ले घटेयता सुनको मूल्य निरन्द्यतर बढिरहेको छ । २३ गते मंगलबारको तुलनामा आइतबार कायम सुनको मूल्य २ हजार ३०० रुपैयाँले बढी हो । यस अवधिमा चाँही ४५ रुपैयाँले बढेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया