एनएमबि बैंकमा भिडियो कलमार्फत नै खाता खोल्न सकिने

0
Shares

एनएमबि बैंकले भिडियो कल मार्फत खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उक्त सेवा सुरुवातको घोषणा गरेको हो ।

एनएमबि बैंक भिडियो कल मार्फत बैंकमा खाता खोल्न सकिने योजना ल्याउनेमा पहिलो बैंक हो । नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल तथा प्रविधि मैत्री बनाउनका लागि एकपछि अर्को प्रयास गर्दै आएको एनएमबिले भिडियो कल मार्फत खाता खोल्न सकिने योजना ल्याएर पुनः अर्को नयाँ प्रयासको सुरुवात गरेको हो ।

बैंकले भिडियो केवाइसी प्रणालीअन्तर्गत पाँच मिनेटमै देश तथा विदेशबाट खाता खोली कारोबार गर्न सकिने बताएको छ । यस्तै यो सेवाबाट बैंकका ग्राहकहरूले डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्छन् ।

ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई। निर्मल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज बिहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्याल बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच बैंकले अभिनेता पल शाहलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । नेपाली सिनेमाका नायक तथा म्युजिक भिडियो मार्फत उत्कृष्ट छवि बनाएका अभिनेता शाहले एनएमबि बैंकसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । नेपाली बैंकिङ क्षेत्रमा एनएमबि बैंकले उदाहरणीय काम गर्दै गएकोले आफु पनि बैंकसँग जोडिने सौभाग्य मिलेकोमा खुसी लागेको उनले बताए ।

हाल बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।