नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८०.४६ प्रतिशतले खुद नाफा बढाएको छ ।
लघुवित्तले असोज मसान्तसम्ममा ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आवको यसै अवधिमा लघुवित्तले ४ करोड ८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी ४१ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि ४७.४९ ले बढेर १०९.३८ रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषमा ६७ करोड ४४ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ सापटी परिचालन गरी ९ अर्ब ७९ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २४ करोड ६५ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १८ करोड १८ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५८.७१ प्रतिशत, जगेडा कोष १६५.९५ प्रतिशत, सापटी ७१.०८ प्रतिशत, निक्षेप ५४ प्रतिशत, कर्जा ८९.९६ प्रतिशत, खुद ब्याज आम्दानी १८४.३० प्रतिशत, सञ्चालन मुनाफा १८०.४६ प्रतिशतले बढेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात ०.६४ प्रतिशत बढेर २.९४ प्रतिशतमा पुग्दा प्रतिशेयर नेटवर्थ २६०.९४ रुपैयाँ, कोषको लागत ६.५१ प्रतिशत र मूल्य आम्दानी अनुपात २७.९० गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया