
नेपाल हस्तकला महासंघले मंसिर ३ गतेदेखि १८ औं हस्तकला ब्यापार मेला तथा १६ औं कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मंसिर ३ गतेबाट तीन दिनसम्म काठमाण्डौंको बौद्धमा रहेको पाँच तारे होटल हायात रिजेन्सीमा मेला आयोजना हुने गरिन लागिएको हो । उक्त मेलामा हस्तकला सामाग्री प्रदर्शन तथा बिक्री वितरणका लागि करिब १२० वटा स्टल रहनेछन् ।
महासंघका अनुसार उक्त स्टलको मूल्य लोकेसन अनुसार न्यूनतम ४० हजार रुपैयाँ र अधिकतम ५० हजार रुपैयाँ रहेको छ । मेलामा अपांगता भएका व्यक्तिहरुका लागि निःशूल्क स्टलको व्यवस्था गरिएको महासंघले जनाएको छ ।
विश्व माहामारीका रुपमा फैलिएको कोभिड माहामारीले शिथिल बनाएको हस्तकला क्षेत्र पुनः चलाएमान बनाउन मेला आयोजना गरिएको हो । यसका साथै नेपाली सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको महासंघका अपाध्यक्ष रबिन्द्र शाक्यले जानकारी दिएका छन् ।
कुल ९० लाख रुपैयाँ लागतमा सञ्चालन गर्ने लागिएको मेलामा करिब १ लाख जनाले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ । यो सँगै सो मेलामा ३ देखि ५ करोड रुपैयाँ बराबरको कारोबार हुन अनुमान रहेको महासंघका उपाध्यक्ष शाक्यले जानकारी दिएका छन् ।
मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया