आरएसडिसी र लक्ष्मी लघुवित्तको शेयरमूल्य समायोजन

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

नेप्सेले आरएसडिसीको १० प्रतिशत र लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै मंगलबार शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले आरएसडिसीको १० प्रतिशत बोनसपछि ७९२.७३ रुपैयाँ र लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनसपछि प्रतिकित्ता १ हजार ६०८ रुपैयाँ ८३ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

सोमबार कारोबार भएको अन्तिम मूल्यका आधारमा नेप्सेले बोनस समायोजन गरी मूल्य निर्धारण गरेको हो । सोमबार आरएसडिसी लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ८७२ रुपैयाँ र लक्ष्मी लघुवित्तको प्रतिकित्ता शेयर १ हजार ९३० रुपैयाँ ६० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

समायोजित शेयरमूल्यलाई आाधार मानेर दुबै लघुवित्तको मंगलबार नेप्सेमा शेयर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।